FAQs Complain Problems

उपमहानगरपालिकाले दियो १० परिवारलाई बिऊ बाख्रा

उपमहानगरपालिकाले दियो १० परिवारलाई बिऊ बाख्रा

दिगो आर्य आर्जनमा टेवा पुर्‍याउने लक्ष्य सहित आदिवासी जनजाती महिलाहरुका लागि हेटौंडा उपमहानगरपालिकाले विऊ बाख्रा वितरण गरेको छ । उपमहानगरपालिकाका विभिन्न वडामा रहेका विपन्न समुदायका आदिवासी जनजाती महिलाहरुलाई प्रतिघर २ वटाका दरले १० परिवारलाई विऊ बाख्रा वितरण गरेको हो ।

बाख्रा हेटौंडा ८ का कमला गुरुङ र प्रमिला चौधरी, हेटौंडा ११ का माया थापा मगर र उर्मिला गुरुङ हेटौंडा १३ का उजेली कुमाल र सुनिता मुक्तान,  हेटौंडा-१५ का कुमरी तामाङ,  हेटौंडा-१६ का विष्णुमाया प्रजा चेपाङ,  हेटौंडा-१७ का निर्मला भुजेल र सरीता राईलाई उपमहानगरका उप प्रमुख राजेश बानियाँले विऊ बाख्रा हस्तातरण गरेका थिए । उपमहानगरको समाजकल्याण शाखाले २ लाख १५ हजार १ सय रुपियाँको लागतमा २० वटा बाख्रा खरीद गरेको थियो ।

कार्यक्रममा विऊ बाख्रा हस्तान्तरण गर्दै उपप्रमुख बानियाँले सितैआमा पाएको भनेर वेवास्ता नगरी दिकन आय आर्जनमा जोडिन आग्रह गर्नु भयो । वहाँले उपमहानगरपालिका कृषिको प्रवर्द्धन र विकासका लागि योजना बनाएरै काम गर्ने तयारीमा रहेका भन्दै पालिकाका हरेक वडामा पशु प्राविधिकको व्यवस्था गर्ने बताउनु भयो । उनले इमान्दारिताका साथ काम गरे सहयोगका लागि पालिका सधै तयार रहेको बताउनु भयो ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगपालिका समाज कल्याण शाखाका अधिकृत भैरव बहादुर कुमालको सहभागितामा विऊ बाख्रा वितरण कार्यक्रम संपन्न भएको थियो ।