FAQs Complain Problems

संक्षिप्त परिचय

हेटौंडाको नामकरण र ऐतिहासिक पृष्ठभूमि

महाभारतकालीन किम्बदन्तीअनुसार पाण्डवहरूले वनवास बस्दा आमा कुन्तीको सहमतिमा भीमसेनले राक्षसी हिडिम्बासँग विवाह गरेका थिए। सोही विवाहबाट जन्मेका पुत्र घटोत्कच र उनकी आमा हिडिम्बाको वासस्थान यसै क्षेत्रमा रहेको विश्वास पाइन्छ। यही कारणले हिडिम्बाको नाम अनुसार यस स्थानको नाम "हेटौंडा" रहन गएको जनविश्वास रहँदै आएको छ।

धार्मिक र सांस्कृतिक महत्व

हिडिम्बा र शक्ति स्वरूपिणी माता भुटनदेवीको ऐतिहासिक तथा धार्मिक पृष्ठभूमि यस क्षेत्रको प्रमुख विशेषता हो। भुटनदेवीलाई हेटौंडाको अधिष्‍ठात्री देवी मानिन्छ, जसका कारण यहाँको सांस्कृतिक र धार्मिक महत्व अझ बढेको छ।

भौगोलिक अवस्थिति र विकास

हेटौंडा दुई राष्ट्रिय राजमार्ग महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको संगम स्थलमा अवस्थित छ। नेपालको मध्य भागमा रहेको यस शहरलाई मानव बसोबासका लागि योग्य स्थान मानिँदै आएको छ, र भौतिक पूर्वाधार तथा संरचनागत विकासमा निरन्तर प्रगति भइरहेको छ।

प्रशासनिक संरचना

नेपालको संविधान अनुसार पुनः संरचना गर्दा मकवानपुर जिल्लाका १० स्थानीय तहहरूमध्ये हेटौंडा उपमहानगरपालिका बागमती प्रदेशको राजधानीको रूपमा स्थापित भएको हो।

* वि.सं. २०२६ सालमा हेटौंडालाई "नगर पञ्चायत" घोषणा गरिएको थियो।
* नेपाल सरकारको २०७१ साल मंसिर १६ गतेको निर्णयबाट यसलाई "उपमहानगरपालिका" मा रूपान्तरण गरिएको हो।

हेटौंडाका प्रमुख विशेषताहरुः

  • देशको प्रमुख २ राजमार्ग महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको संगमस्थल,
  • राजधानीबाट नारायणगढ हदै २२४ कि.मि. नौबिसे दामन हुदै १३२ कि.मी. तथा राजधानी बाट जोड्ने द्रुतमार्ग हदै ७६ कि.मि को दक्षिण दूरीमा अवस्थित,
  • चुरे र महाभारत पर्वतको फेदीमा अवस्थित, उष्ण तथा समशितोष्ण हावापानी,
  • मकवानपुर जिल्लाको सदरमुकाम,
  • देशको तेस्रो ठूलो औद्यौगिक नगर,
  • भारतसँगको प्रमुख नाका वीरगंजदेखी राजधानी जोड्ने एक मात्र द्वार ।

भौगोलिक अवस्थितिः

  • उचाईः समुद्र सतहबाट ३०० देखि १८६० मिटर उचाइमा अवस्थित,
  • प्रशासनिक विभाजन अनुसार वडा संख्याः १९             
  • क्षेत्रफल २६१ वर्ग कि.मी.

सिमानाः

  • पूर्व: बकैया गाउँपालिका
  • पश्चिमः मनहरी र राक्सिराङ्ग गाउँपालिका
  • उत्तरः मकवानपुर गढी, भिमफेदी र कैलाश गाउँपालिका
  • दक्षिणः पर्सा जिल्ला र बारा जिल्ला

प्रमुख नदीहरुः

  • राप्ती
  • कर्रा 
  • सामरी
  • चकरी खोला

जनसंख्याको विवरण

राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार  उपमहानगरपालिका कूल जनसंख्या १,९३,५७६ र घरधुरी संख्या ४६,५६६ रहेको छ ।








राष्ट्रिय जनगणना २०७८ बमोजिम हेटौंडा उपमहानगरपालिकाको कुल घरपरिवार सङ्ख्या, कुल जनसङ्ख्या, लैङ्गिक रुपमा, औषत परिवार सङ्ख्या र जनसङ्ख्याको लैङ्गिक अनुपात वडा अनुसार
वडा घरपरिवार सङ्ख्या जनसङ्ख्या ‍औषत परिवार सङ्ख्या लैङ्गिक अनुपात (पुरुष प्रति 100 महिला)
कुल पुरुष महिला
1      1,839     8,266      4,118      4,148 4.49 99.28
2      2,291     8,925      4,506      4,419 3.90 101.97
3      1,951     8,367      4,013      4,354 4.29 92.17
4      4,630    18,035      9,047      8,988 3.90 100.66
5      4,202    17,349      8,578      8,771 4.13 97.80
6      1,685     7,034      3,469      3,565 4.17 97.31
7      1,438     6,032      2,930      3,102 4.19 94.46
8      3,289    13,008      6,466      6,542 3.96 98.84
9      2,892    11,346      5,662      5,684 3.92 99.61
10      1,799     6,997      3,549      3,448 3.89 102.93
11      3,423    14,094      6,958      7,136 4.12 97.51
12      2,950    13,028      6,281      6,747 4.42 93.09
13      1,854     7,949      3,800      4,149 4.29 91.59
14      1,790     7,956      3,886      4,070 4.44 95.48
15      2,483    10,623      5,271      5,352 4.28 98.49
16      1,666     7,145      3,544      3,601 4.29 98.42
17      1,882     8,386      4,184      4,202 4.46 99.57
18      1,921     7,836      3,857      3,979 4.08 96.93
19      2,581    11,200      5,559      5,641 4.34 98.55
जम्मा   46,566  193,576   95,678   97,898 4.16 97.73

 

Image: