FAQs Complain Problems

कर सचेतना कार्यक्रम सम्पन्न

यस उपमहानगरपालिकाद्वारा हालै विस्तार भएका क्षेत्रहरुमा कर सम्वन्धि जानकारी गराउने उद्देश्येले यहि मिति २०७२ आषाढ १५ गतेका दिन संयुक्त वडा समितिको कार्यालय वसामाडीमा एक दिबशीय सचेतना कार्यक्रम सम्पन्न गरियो । यस उपमहानगरपालिकाका प्रमुख एव कार्यकारी अधिकृत श्री भगवान अर्यालज्यूको सभाध्यक्षता, आन्तरिक राजस्व कार्यालयका कर अधिकृत श्री राधेश्याम दाहालज्यूको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा संयुक्त वडा समितिका प्रमुख एव शाखा अधिकृत रोशन रिजालज्यूले सम्पूर्ण सहभागीहरुलाई कार्यक्रममा स्वागत गर्नु भएको थियो । संयुक्त वडाकार्यालय अन्तर्गत रहेका बिभिन्न राजनैतिक दलका प्रमुख एव प्रतिनिधिहरु, वडा नागरिक मंचका संयोजक तथा प्रतिनिधिहरु, व्यवसायीहरु, नागरिक समाजका प्रतिनिधिहरु, बिद्यालायका शिक्षक आदि गरि ३५ जनाको सहभागिता रहेको सो सचेतना कार्यक्रममा यस कार्यालयका प्रबन्धकहरु क्रमसः भीम प्रसाद तिमिल्सीना, बीर कृष्ण महर्जन, राजस्व प्रशासन शाखा प्रमुख दुर्गा प्र न्यौपाने तथा कर अधिकृत राधेश्याम दाहालज्यूले कर संग सम्वन्धित बिभिन्न बिषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । कर के हो ? कर के का लागि र किन? नेपाल सरकार तथा हे उ म ना पाको कर सम्वन्धि बिध्यमान नीतिगत व्यवस्था सम्वन्धि सचेतीकरण गरिएको सो कार्यक्रममा सहभागीहरुद्वारा राखिएका जिज्ञासाहरुलाई  भगवान अर्याल तथा राधेश्याम दाहालज्यूले प्रस्ट्याउनु भएको थियो । स्थानीय शासन तथा सामुदायिक विकाश कार्यक्रमका शहरी शासन बिज्ञ सतिश अर्यालवाट सहजीकरण गरिएको सो कार्यक्रमलाई यस कार्यालयका प्रमुख एव कार्यकारी अधिकृत भगवान अर्यालज्यूले समापन गर्नु भएको थियो / यस कार्यक्रम पश्चात सहभागीहरुले आफूहरुले करको महत्व बुझेको तथा समयमै कर तिर्नुपर्ने तथा एकिकृत सम्पत्ति कर लगायत विविध बिषयमा प्रस्ट भएको जानकारी गराएका थिए ।