FAQs Complain Problems

स्वागतम!!!

                                                    "स्वच्छ, समृद्ध, सृजनसिल औधोगिक नगर हेटौडा यहाहरुलाई हार्दिक स्वागत गर्दछ। "

अहिले संसार भरी नै सूचना प्रविधिको व्यापक रुपमा प्रयोग बढ्न थालीरहेको वेला नगरपालिकाले आफ्ना सेवा सुविधाहरु कम्प्यूटर सूचना प्रविधि अर्थात् विद्युतीय सूचनाका माध्यमबाट प्रत्यक्ष जनताको घर दैलोमा सुलभ र सहज रुपमा पुर्याचउन सकेको खण्डमा सुशासनको क्षेत्रमा धेरै महत्वपुर्ण उपलब्धिहरु हासिल हुन सक्ने महशुस गरी निर्माण गरिएको यस वेवसाइटमा यहांहरु सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छौं । वेवसाइट संचालनबाट नागरिकहरुलाई प्रत्याभुत गरीएको सूचनाको हक सुनिश्चित गर्नुका साथै नगरपालिकालाई छीटो छरितो, प्रभावकारी, पारदर्शी र सुलभ ढंगले सेवा प्रदान गर्न सहयोग पुगी नगरपालिकाको कर प्रशासनमा सुधार आउने नगरपालिकाले महशुस गरेको छ । नगरपालिकाको यस वेवसाइटबाट नगरपालिकाबाट प्रकाशन हुने विभिन्न सूचनाहरु, नगरपालिकाको वित्तीय स्थिति, नगरपालिकाको बैधानिक व्यवस्थापनको बारेमा जानकारी पाउन सकिने, जन्म, मृत्यु, बसाइसराइ, विवाह दर्ता, र सिफारिश जस्ता फारामहरु डाउनलोड गर्न सकिनुका साथै नगर परिषद, नगरपालिकाको आन्तरिक राजश्व, कर, शुल्क, महत्वपूर्ण निर्णय लगायत नगर र नगरपालिका कार्यालयसंग सम्बन्धित अन्य विविध जानकारीहरु सजिलै प्राप्त गर्न सक्नु हुनेछ । यहांहरुको सुझाव तथा प्रतिक्रियाको समेत अपेक्षा राखेका छौं । नगरपालिकाको यस वेवसाइटको अवलोकन गर्नु भएकोमा हार्दिक धन्यवाद ।