FAQs Complain Problems

प्रथम चौमासिक समिक्षा आ.ब. २०७१/०७२ सम्पन्न

आज मिति २०७१।०८।२६ गते हेटौडा उपमहानगरपालिकाको सभाहलमा आ.ब. २०७१।०७२ को प्रथम चौमासिक समीक्षा कार्यक्रम सम्पन्न भयो । १९ औं नगर परिषद बाट स्वीकृत नीति, कार्यक्रम तथा बजेट अनुसार हे.न.पा. कार्यलय बाट आ.ब. २०७१।०७२ को प्रथम चौमासिक अवधिमा सन्चालन भएका विकास निर्माण एवं अन्य गतिबिधिहरूको चौमासिक प्रगतिहरूको समीक्षा गर्न कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रमको अध्यक्षता हेटौडा उपमहानगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत भगवान अर्यालले गर्नुभएको थियो । उक्त कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, पत्रकार, बिभिन्न सरकारी एवं गैरसरकारी कार्यालय प्रमुख एवं प्रतिनिधिहरू साथै सरोकारवालाहरूको ब्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा शहरी विकास, अनुसन्धान तथा वातावरण महाशाखाका प्रबन्धक श्री वि के महर्जनले आ.ब. २०७१।०७२ को प्रथम चार महिनामा र हाल सम्मको  यस कार्यालयबाट संचालन भएका विकास निर्माण एवं कार्यलयबाट प्रदान गरिएका सेवा लगायत अन्य गतिबिधिहरूको प्रगति बिबरण पेश गर्नु भएको थियो। प्रस्तुत बिबरण माथी छलफल गर्दै सरोकारवाला ब्यक्ति तथा निकायहरूले हेटौडा उपमहानगरपालिकाले ,भौतिक निर्माण, सार्बजनिक जग्गा ब्यबस्थापन, तथा सार्बजनिक निर्माणका बिषयहरूमा ध्यान दिनु पर्ने कुरा बताउनुभएको थियो भने हेटौडा उपमहानगरपालिकालेका कार्यकारी भगवान अर्यालले नगरवासी तथा सरोकारवाला निकायबाट आएको सुझाव एव प्रतिकृयालाई नगरपालिकाले मनन गर्दै आगामी दिनहरूमा अझै प्रभावकारी रूपमा कार्यन्वयन गर्दै लैजाने बताउनुभयो ।