FAQs Complain Problems

३४९५ परिवार लाई राहत वितरण

३४९५ परिवार लाई राहत वितरण

यस हेटौंडा उपमहानगरपालिकाले दोश्रो चरणमा मात्र ३ हजार ४ सय ९५ परिवारलाई  राहत वितरण गरेको छ । लक डाउन भएको २३ औं दिन सम्म उपमहानगरपालिकाले हेटौंडामा रहेका अति बिपन्न दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई परिवारलाई राहत वितरण गरिएको हो । दोश्रो चरणमा ११ वटा वडाका दैनिक ज्यालादारी मजदुरलाई राहत वितरण गरिएको छ । हाल सम्म वडा नं. १ मा ४ सय परिवार, वडा नं.२ मा २ सय ५० परिवार, वडा नं. ४ मा २ सय परिवार, वडा नं. ५ मा ४ सय परिवार, वडा नं.६ मा ३ सय ५० परिवार, वडा नं.९ मा ३ सय परिवार, वडा नं.१० मा ३ सय परिवार, वडा नं.११ मा ४ सय परिवार, वडा नं.१६ मा एक सय ८० परिवार, वडा नं.१७ मा २ सय ६५ परिवार र वडा नं. १८ मा ४ सय ५० परिवारलाई राहत वितरण गरिएको छ भने बांकि वडाहरुमा भने बिभिन्न संघ संस्थाको सहयोगमा वितरण गर्ने कार्यक्रम रहेको छ। साथै पहिलो चरणमा उपमहानगरपालिकाकाले विभीन्न संघसंस्थाको समन्वयमा ३ हजार एक सय १८   परिवारलाई राहत वितरण गरेको थियो । दुबै चरण गरी हाल सम्म ६६१३ परिवारलाई   वडा कार्यालय मार्फत राहत वितरण गरेको छ।