FAQs Complain Problems

२५ परिवारलाई जाडोको न्यानो कपडा वितरण !!

एचआईभी संक्रमित परिवारलाई यस हेटौंडा उपमहानगरपालिकाले न्यानो कपडा बितरण गरेको छ । ३६ ओैं विश्व एड्स दिवसको सन्दर्भ पारेर यस उपमहानगरपालिकाले एच.आइ.भि. संक्रमित २५ परिवारलाई न्यानो कपडा (ब्ल्यांकेट) र संक्रमित बिपन्न २२ परिवारलाई खाद्यान्‍न तथा पोषण सामग्री सहयोग गरेको छ ।

मकवानपुर महिला समूह र मकवानपुर पोजेटिभ समूहको कार्यालयमा आयोजित कार्यक्रममा यस हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाज्यूले सहयोग सामग्री वितरण गर्नु भएको छ। विगतका बर्षहरुदेखि नै यस उपमहानगरपालिकाले एच.आइ.भि. संक्रमित र प्रभावित बालबालिकालाई नियमित शैक्षिक तथा पोषण सहयोग, संक्रमित परिवारलाई आयआर्जनमा सहयोग, उपचार सहयोग, जनचेतनामुलक कार्यक्रम, एम्बुलेन्स सहयोग, न्यानो कपडा लगायतका सहयोग कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।

यसै सवालमा कार्यरत गैर सरकारी संस्थाहरुसंगको समन्वयमा यस उपमहानगरपालिकाले कार्यविधि बनाई बार्षिक योजना र कार्यक्रम व्यवस्थित गर्दै आइरहेको छ ।