FAQs Complain Problems

२० विद्यालयलाई कम्प्युटर हस्तान्तरण

विद्यालयको प्रशासनिक कामलाइ सहज बनाउन साथै सूचना प्रविधिको प्रयोग मार्फत मल्टिमिडियामा आधारित कक्षा सञ्‍चालन गर्न यस उपमहानगरपालिकाले २० वटा सामुदायिक विद्यालयका लागि कम्प्युटर, प्रिन्टर र मल्टिमिडिया (प्रोजेक्टर) सहयोग गरेको छ। सहयोग सामग्रि हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाज्यू, उपप्रमुख राजेश बानियाँज्यू र सामाजिक बिकास समितिका संयोजक तथा १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाज्यूले विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्नु भएको छ।