आज मिति २०७८।०९।१५ गते हेटौंडा उपमहानगरपालिकाको १० औँ नगर सभा सम्पन्न भयो। उपमहानगरपालिकाका नगर प्रमुख श्री हरिबहादुर महतज्यूले अध्यक्षता गर्नु भएको नगर सभामा नगर उपप्रमुख श्री मिनाकुमारी लामाज्यूले गत असार १५ गते नवौं नगर सभाले स्वीकृत गरेको आ.व.२०७८।७९को रु.२ अर्ब ६० करोड १५ लाख ५२ हजार ९१० रुपैया सहितको वार्षिक नीति कार्यक्रमको समीक्षा सहितको संशोधित बजेट रु. रु.२ अर्ब ८५ करोड स्वीकृतिको लागि सम्मानित नगर सभामा पेश गर्नु भएको थियो भने सभाले पेश भएको संशोधित बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।
उपप्रमुख श्री मिनाकुमारी लामाज्यूले सम्मानित सभा समक्ष पेश गर्नु भएको संशोधित बजेट बक्तव्यको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस ।