FAQs Complain Problems

हेटौंडा उपमहानगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम 

मिति २०८०/०८/०८ गते शुक्रबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा आयोजित समारोहमा दुई स्थानीय तहबीच भगिनी स्थापित गरिएको हो । 
हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाज्यू र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाज्यूले भगिनी सम्बन्ध कायम गर्ने सहमतीपत्रमा हस्ताक्षर गर्नुभएको थियो।  
दुई पालिकाका बीच आसपमा असल अभ्यास, कार्य सम्पादनका सवालमा सिकाई लगायतका विषय आदान–प्रदान गर्नका लागि भगिनी सम्बन्ध कायम गरिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले बताउनुभयो। साथै, आगामी दिनमा एकले अर्को पालिकालाई सहयोग गरी अघि बढ्नका लागि भगिनी सम्बन्धलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाइने उहाँले बताउनुभयो ।