FAQs Complain Problems

हेटौंडा उपमहानगरपालिकाले अक्सिजन ढुवानि गर्ने

 

हेटौंडा उपमहानगरपालिकाले अक्सिजन ढुवानि गर्न थाल्यो

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड(१९ रोगको संक्रमणको दोस्रो लहरबाट नेपालमा संक्रमण तीब्र रुपमा फैलिएको र हेटौडा उपमहानगरपालिकामा समेत त्यसको ब्यापक प्रभाव देखिन थालेकोले सोको रोकथाम, उपचार र व्यबस्थापन गर्न स्थानीय अस्पतालहरुमा अक्सिजनको अभाबमा मानवीय जिवनमा गम्भिर असर भैरहेको र अन्य जिल्लाहरुबाट अक्सिजनको आपूर्तिमा व्यबधान भएकोले यस उपमहानगरपालिकाले दैनिक रूपमा १०० थान सिलिन्डर व्यबस्थापन गर्ने ब्यबस्था मिलाएको छ। आजै ५० थान अक्सिजन सिलिन्डर लिन एउटा ट्रिपर नुवाकोट गएको छ भने, अर्को ५० थान सिलिन्डर लिन ईटहरी इठाएको छ। यसरि उपमहानगरपालिकाले ढुवानि गरेको अक्सिजन खरिद/पुन:भर्दा लाग्ने सबै खर्च उपमहानगरपालिकाले ब्यहोर्ने छ भने सबै अक्सिजन सिलिन्डर हेटौंडा अस्पताल लाई उपलब्ध गराउने छ।