FAQs Complain Problems

हेटौंडा उपमहानगरपालिकाद्वारा आगामी आ.व २०८०/८१ को नीति, कार्यक्रम तथा बजेटको सुझाव संकलन गर्न QR Code सार्वजनिक

यस हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रमहरु तय गर्नको लागि विभिन्न चरणमा विभिन्न विषयगत समितिहरु / शाखा / महाशाखागत रुपमा छलफल गर्दै आइरहेको छ। आ.व 2080/81 को नीति, कार्यक्रम तथा बजेट प्राविधिक दृष्टिले सामाजिक रूपमा सन्तुलित एवं राजनैतिक रूपमा स्वीकार्य विकास प्राप्तिका लागि समन्वय कायम गर्दै विकासका साझा गन्तव्य/प्राथमिकता चयन गर्नुपर्ने भएकोले सम्पूर्ण नगरवासीहरुको यस उपमहानगरपालिकाको आगामी नीति, कार्यक्रम तथा बजेट प्रति आम धारणा एवं महत्वपूर्ण सुझाव QR Code मार्फत संकलन गर्ने निर्णय गरेको छ। उक्त QR Code प्रत्येक वडा कार्यालय, स्वास्थ्य चौकी/ स्वास्थ्य केन्द्र साथै उपमहानगरपालिकाको Facebook Page, Twitter र website  मार्फत सार्वजनिक गरिएको छ। साथै आम नगरवासीहरुलाई नीति, कार्यक्रम तथा बजेट निर्माणमा सुझाव दिन अनुरोध गरेको छ।