हेटौंडा। हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम मिति २०८३ असोज २३ गते सम्पन्न भएको छ।
नगर प्रमुख श्री मीनाकुमारी लामाज्यूको सभापतित्व तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख श्री ललितबहादुर घलानज्यूको प्रमुख आतिथ्यमा समीक्षा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री टेकबहादुर वलीज्यूले स्वागत मन्तव्य व्यक्त गर्दै समीक्षा कार्यक्रमको औचित्य तथा भावी कार्यदिशाबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय अधिकारी श्री विष्णु पौडेलज्यूको विशेष उपस्थिति रहेको थियो।
समीक्षा कार्यक्रममा उपमहानगरपालिका अन्तर्गतका विभिन्न महाशाखा तथा शाखाका प्रमुखहरूले आ-आफ्नो महाशाखा/शाखाबाट आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरिएका विषयगत कार्यक्रम, बजेट खर्च, हासिल भएका उपलब्धि तथा कार्यसम्पादनका क्रममा भोगिएका चुनौतीहरूबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो।
उक्त कार्यक्रममा नगर कार्यपालिकाका सदस्यहरू, उपमहानगरपालिकाका कर्मचारीहरू तथा सञ्चारकर्मी (पत्रकार) हरूको उपस्थिति रहेको थियो।
( कार्यक्रममा प्रस्तुत गरिएका प्रस्तुतीकरणको PDF फाइल सँगै अपलोड गरिएको छ।)


