FAQs Complain Problems

हेटौंडाको दुई वटा वडामा कंक्रिट सडक शिलान्यास

२५८ योजना सम्झौता भएको मध्य ४८ सम्पन्न

कंक्रिट ढलान सडक निर्माणमा जुटेको यस हेटौंडा उपमहानगरपालिकाको दुई स्थानमा स्ल्याव ढलान (कंक्रिट) सडकको शिलान्यास गरिएको छ ।

चालु आर्थिक बर्ष २०७९/०८० मा बजेट पुस्तिकामा समेटिएको योजना अनुसार हेटौंडा–१ लालझाडिको बाराहि, धाप र भट्टे टोल जाने र हेटौंडा–१२ को केनाम टोल जाने सडक बिहीवार यस हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले शिलान्यास गर्नुभएको छ।

हेटौंडा–१ र १२ मा चालु बजेट शिर्षकबाट बिनियोजन गरेको रकमबाट काम थालिएको छ । यस हेटौंडा उपमहानगरले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा २५८ योजना सम्झौता भएकोमा ४८ वटा सम्पन्न भएका छन् भने २१० वटा कार्यान्वयनको चरणमा र गत आर्थिक वर्ष २०७८/०७९ मा जिम्मेवारी सरेका मध्य ८४ योजनाका काम सम्पन्न गरेको छ ।

यस कार्यालयको पूर्वाधार बिकास कार्यक्रम अन्तर्गत चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ३ किलोमिटर कंक्रिट सडक, ४ वटा कल्भर्ट, १ वटा शैक्षिक पूर्वाधार, ३ वटा गुम्बा, १० वटा मन्दिर, १ तटबन्धन, ४ शौचालय, १२ सामुदायीक भवन, १ मदरसा र ४ वटा पार्कहरु निर्माणको काम सम्पन्न भएको छ ।

यस कार्यालयको पूर्वाधार विकास कार्यक्रम तर्फ योजना तथा कार्यक्रम अनुगमन जाँचपास तथा फरफरक सिफारीस समितिले १३२ योजनाको अनुगमन तथा मूल्याङकन गरेर फरफारकका लागि कार्यालयमा सिफारीस गरेको छ भने अन्य महाशाखाले गरेको ९ वटा योजना अनुगमन गरी भुक्तानीका लागि सिफारीस गरेको छ । त्यस्तै पूर्वाधार विकास कार्यक्रम अन्तर्गत यस कार्यालयले हेटौंडा-१ चौकिटोलमा ३३ लाख ६६ हजार रुपियाँको लागत सहभागिता तथा अन्य जिन्सी समान उपलव्ध गराएर हेटौंडा १० टिसीएनमा रहेको तरकारी बजार स्थानान्तरको काम गरेको छ ।