FAQs Complain Problems

हेटौँडा उपमहानरपालिकाको सहयोगमा एकीकृत अटोभिलेजको शिलान्यास ।

हेटौंडा बजार क्षेत्रम छरिएर रहेका सवारी मर्मत केन्द्रलाई एकै ठाउँमा सारीने भएको छ । बजारको सौन्दर्यमा सुधार गर्नका लागि हेटौंडा–११ को राप्ती नदी उकास करिब ३१ बिगाहा जमिनमा बन्ने अटोभिलेज सवारी मर्मतका बर्कसपहरु सारीने भएको हो।

बजार क्षेत्रमा छरीएर रहेका सवारी मर्मत केन्द्रलाई एकिकृत गर्दै सञ्चालनमा ल्याउन लागिएको अटो भिलेजको हेटौंडा उपमहानगर मेयर श्री मीनाकुमारी लामा शिलान्यास गर्नु भएको हो । बागतमी सरकारका पहिलो मुख्यमन्त्री श्री डोरमणी पौडेलको समयमा निर्माण गरिएको डिपीआरको आधारमा अटो भिलेज सञ्चालन हुने भएको हो । 

नगरका अटो ग्यारेजलाई नदि उकास जमिनमा स्थानान्तरण गर्ने उद्धेश्यले अटोभिलेज सञ्चालनको तयारी गरिएको बताइएको छ । वागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले गत वर्ष ५ करोड रुपियाँ बजेटमा तटबन्ध गरेपछि जग्गा निस्किएको हो । शिलान्यास गरिएको क्षेत्रको जग्गा फिलिङ गर्नका लागि उपहानगरपालिकाले पहिलो चरणमा १४ लाख ६ हजार रुपियाँ बिनियोजन गरेको छ । उपमहानगरले विनियोजन गरेको रकमबाट पहिलो चरणमा जमिन समस्याउने सहितको काम थालिएको हो ।