FAQs Complain Problems

हेटौँडाका न्यूरेनीवासीलाई १० हजार लिटर निःशुल्क खानेपानी वितरण।

हेटौंडा उपमहानगरपालिकाले उपलव्ध गराएको १० हजार लिटर सम्म निःशुल्क पानीको उपभोग अब हेटौंडा-१० स्थित न्युरेनीका बासिन्दाले पाउने भएका छन् ।१२ बर्ष देखि खानेपानी उपभोक्ता समिति मार्फत खानेपानीको प्रयोग गर्दै आएका स्थानीयले खानेपानी व्यवस्थापन बोर्डलाई उपभोक्ता समिति हस्तान्तरण गरेसँगै निःशुल्क पानी पाउँने भएका हुन् । उपमहानगरका प्रमुख श्री मिनाकुमारी लामा ज्यूले बोर्डमार्फत जोडिएको धाराबाट पानीको उपभोग गर्ने नगरवासीलाई १० हजार लिटर सम्म पानीको प्रयोगमा शुल्क नलाग्ने सम्झौता हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग गरेसँगै यहाँका बासिन्दाले निःशुल्क पानीको उपभोग गर्दै आएका छन् ।

उक्त कार्यक्रम‍ खानेपानी उपभोक्ता समितिका अध्यक्ष नत्रेनाथ धिमालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१० का अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट, बोर्डका सदस्य इन्द्र नेपाल, वडासदस्यहरु शारदा श्रेष्ठ, गोमा सुनार, खानेपानी बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटाको आतिथ्यता रहेको थियो ।