हेटाैंडा उपमहानगरपालिकाका जनताललाई स्वच्छ र शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्य अनुसार हेटाैंडा खानेपानी बाेर्डले संघिय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयकाे सहलगानीमा निर्माण भएकाे अत्याधुनिक पानी परिक्षण प्रयाेगशालाकाे शुभारम्भ गर्नुहुँदै हेटाैंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा ज्यू । कुल ३४ लाख रुपियाँकाे लगानीमा स्थापना भएकाे प्रयाेगशालामा बाेर्डले २३ र संघबाट ११ लाख रुपियाँखर्च गरेकाे छ ।




