FAQs Complain Problems

सुन्दर नगर निर्माणमा नगर प्रमुखको जोड ।

हरीत नगरको रुपमा नाम कमाएको हेटौंडालाई थप सुन्दर र आक्रर्षक नगर निर्माणका लागि यस हेटौंडा उपमहानगरपालिकाका नगर प्रमखु श्री मिना कुमारी लामा ज्यूले जोड दिदै आउनु भएको छ साथै वहाँले नियमित उपमहानगरक्षेत्रमा सरसफाई, वृक्षारोपण सहित पार्क निमार्णले शहरको सुन्दरता बढाउने बिश्वासका साथ वहाँले आफ्ना काम कारवाहीहरुलाई अगाडी बढाउनु भएको छ । "हेटौंडा सफा अभियान" सञ्चालन गर्दै उपमहानगरपालिका क्षेत्रमा रहेका टोल विकास संस्था र संघ संस्था मार्फत नगरको सुन्दरतामा जोड दिदै आउनु भएको नगर प्रमुख ज्यूले मंगलबार हेटौंडा–११ पुर्वपश्चिम राजमार्ग राप्ती पुलपारी बुद्ध पार्क अगाडि विभिन्न प्रजातीका बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ । उक्त वृक्षारोपण कार्यक्रममा नगरप्रमुख ज्यू सहित पत्रकार महासंघ बागतमी प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट र समाजसेवी शिद्धीलाल श्रेष्ठ सहितले २ सय १५ बिरुवा रोप्नु भयो ।

नगर प्रमुखमा निर्वाचित भएपश्चात हरीत नगरसँगै सफा अभियान पनि सञ्चालन गर्न जोड दिर्दै आउनु भएको नगरप्रमुख ज्यूले बजारलाई व्यवस्थित बनाउँनका लागि कार्यदल बनाएर काम गरीरहेको बताइन् । शहरलाई सुन्दर र व्यवपस्थित देखाउनका लागि  खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा नगरवासिलाई १० हजार लिटर खानेपानी निःशुल्क दिने, अव्यवस्थित रुपमा निर्माण भएका टहरा हटाउने, सडक पेटी सफा राख्ने र अव्यस्थित रुपमा सञ्चालनमा रहेको अटो मयुरी व्यवस्थापन सहितको काम गर्दै अघि बढिरहेको वहाँले बताउनु भयो ।