FAQs Complain Problems

सातौं नगरसभा सम्पन्न

सातौं नगरसभा सम्पन्न

आज मिति २०७७/३/१० गते यस हेटौंडा उपमहानगरपालिकाको सातौं नगर सभा सुरु भएको छ।सभामा यस चालु आ.ब. २०७६/७७  मा हाल सम्म भएगरेको सम्पूर्न गतबिधिहरुको समीक्षा  सहित आगामी आर्थिक बर्षका लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट पेश गरेको छ । नगर प्रमुख श्री हरिबहादुर महतज्युले  अध्यक्षता गर्नुभएको सभाको प्रमुख आतिथ्य बागमति  प्रदेशका मुख्य मन्त्रि माननीय डोरमणी पौडेलले गर्नुभएको थियो भने नगर उप प्रमुख श्री मिना लामाजयूले बजेट, निति तथा कार्यक्रम पेश गर्नुभएको थियो

उपमहानगरले पेश गरेको बजेट मध्ये आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार, राजस्व बाडफाडबाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार, संघीय सरकार अनुदानबाट ९८ करोड ९९ लाख र चालू वर्षको असार मसान्तसम्म बचत राजश्व २६ करोड १३ लाख ११ हजार रुपैयाँबाट व्यहोरिने  छ ।

उपमहानगरले आर्थिक बिकासका लागि गोठ सुधार, पशुपालन, घाँस औषधि खरिदका लागि १ करोड ५८ लाख, व्यवसायिक कृषि क्षेत्र प्रबर्द्धनका लागि २ करोड ९६ लाख बिनियोजन गरेको छ । कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषको लागि २ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको छ । उपमहानगरमा बसोबास गर्ने नगरवासीमा कोभिड संक्रमण भई मृत्यु भएमा परिवारलाई कोरोना रोकथाम नियन्त्रण कोषबाट राहत स्वरुप ३ लाख रुपैयाँ पेश   भएको छ ।

सामाजिक बिकासका लागि हेटौंडा-८, चन्द्रोदय माबिमा प्याराफिट सिहतको खेलकुद प्रशिक्षण केन्द्रका लागि २ करोड ५० लाख, नमूना बिद्यालय भौतिक पुर्वाधारका लागि २ करोड ३५ लाख, सामुदायिक बिद्यालयका छात्राहरुका लागि नि: शुल्क सेनेटरी प्याड व्यवस्थापनको लागि १ करोड ३ लाख रुपैयाँ बिनियोजन गरेको छ ।  नगरवासीको आर्थिक तथा सामाजिक परिवर्तनका लागि निर्माण थालेको ६६ किलोमिटर लामो चक्रपथ निर्माणमा निरन्तरता दिने र यसका लागि २ करोड बिनियोजन गरेको छ ।

कोरोना संक्रमणसँगै बैदेशिक रोजगारबाट फर्किएका तथा कोरोना प्रभावित युवा लक्षित कृषिमा आधारित कार्यक्रम सञ्चालन गर्ने गरी कार्यक्रम पेश भएको छ।