FAQs Complain Problems

वैदेशिक रोजगारबाट पिडामा परेका परिवारलाई शैक्षिक सामग्री

दिगो आर्थिक श्रोतको जोहोका लागि वैदेशीक रोजगारीमा पुगेर वेपत्ता भएका, ज्यान गुमाएका र शारिरीक अशक्त परिवारका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त परिवारहरुलाई सरकारको मातहत रहेको वैदेशीक रोजगार विभाग र बोर्डबाट आर्थिक सहायता र राहतको सूचिमा नपरेका परिवारलाई यस उपमहानगरपालिकाका प्रमुख श्री मिनाकुमारी लामा ज्यूले शैक्षिक सामग्री गर्नु भएको हो।

सुरक्षित वैदेशीक रोजगारीका लागि हेटौंडा उपमहानगरपालिकामा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन (सामी) परियोजनाले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सन्दर्भ पारेर सरकारी सुविधाबाट बञ्चितमा परेका पारिवारका ९ जना छात्रछात्रालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

पिडामा रहेका बालवालिकाको अध्यापन र शैक्षिक गुणस्तर वृद्धिमा सहयोग गर्न उपमहानगरपालिका तयार रहेको भन्दै नगर प्रमुख ज्यूले सधै सहयोगी बनेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो। उक्त कार्यक्रममा वडा नं. १६ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजना रामकृष्ण कोइराला, कार्यालयको तर्फबाट सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सीनाको उपस्थिती रहेको थियो ।