विश्व वातावरण दिवश २०७८ मनाउने सम्बन्धमा
यस हेटौंडा उपमहानगरपालिकाको कार्यालय, टोल विकास संस्था नगर समन्वय समिति र नेपाल वातावरण समाज- बागमति प्रदेश समन्वय समितिबाट संयुक्त्त आयोजनामा विश्व वातावरण दिवस २०७८ मनाईदै छ ।भर्च्युअल रुपमा भएपनि यस विश्व वातावरण दिवश २०७८ ( ५ जुन २०२१/२२ जेष्ठ २०७८) दुईवटा फरक फरक कार्यक्रमहरु गरि मनाउन लागेको छ।
१) Plantation Challenge(घर घरमै रुख/बिरुवा सार्ने प्रतिस्पर्धा)
वृक्षारोपण गरिएको वा यस वर्षको विश्व वातावरण दिवश २०७८ को नारा सँग मिल्दो फोटो र एउटा नारा स्वयं सृजना गरी उपलब्ध गराइएको फेसबुक फ्रेममा पोस्ट तथा सेयर गर्ने ।
- यस खुला प्रतियोगितामा जो कोहीले भाग लिन पाउने।
- २०७८।०२।२० गते सहभागीता दर्ता जनाइसक्नुपर्ने। सोका लागी हे.उ.न.पा. वा NES Bagmati Province को मेसेन्जरमा नाम, ठेगाना, उमेर, सम्पर्क नं समेत पठाउनुपर्नेछ ।
- प्राप्त फोटो हे.उ.न.पा. को फेसबुक पेजमा राखे पश्चात सेयर गरिनुपर्ने ।
- नाराको लागी ३० प्रतिशत तथा फेसबुकमा लाइकका लागी ७० प्रतिशत weightage रहने ।
- फेसबुक फोटोको लाइक शनिबार दिनको १२ बजे सम्मको मात्र गणना हुने ।
- नतिजा शनिबार बेलुकी हे.उ.न.पा. र NES Bagmati Province को फेसबुक पेज मार्फत सार्वजनिक गरिने ।
- प्रथम पुरस्कार रु ५०००।-, दोश्रो पुरस्कार रु ३०००।- र तेस्रो पुरस्कार २०००।-दिईनेछ ।
२) जुम मार्फत बक्तृत्वकला प्रतियोगीता र वातावरण क्विज ।
- विश्व वातावरण दिवस २०७८ को नारा “नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनर्स्थापना” भन्ने शिर्षकमा बक्तृत्वकला प्रतियोगिता मिति २०७८।०२।२१ गते दिनको १ बजे आयोजना हुने।
- ४० वर्ष मूनिका युवाले सहभागिता जनाउन सकिने ।
- मिति २०७८।०२।२० गते ५ बजे सम्म सहभागीता दर्ता जनाइसक्नुपर्ने। हे.उ.न.पा. वा NES Bagmati Province को मेसेन्जरमा नाम, ठेगाना, उमेर, सम्पर्क नं समेत पठाउनुपर्ने ।
- पहिलो दर्ता हुने १५ जना लाई मात्र प्रतियोगितामा सहभागी गराईने ।
- पुरस्कार प्रथम रु १०,०००।-, दोश्रो रु ७,५००।- र तेस्रो ५,०००।– , दुई जनालाई रु २,०००।- को दरले सान्त्वना पुरस्कार दिईने ।
- वातावरण क्विजको प्रति सहि उत्तर रु ५०० ।- पुरस्कार
- प्रतियोगीता सम्बन्धी विस्तृत नियम कार्यक्रम अगाडि सुनाईने ।