FAQs Complain Problems

वालमैत्री घोषणा तयारीः सहजकर्ताले रोके हेटौंडामा बालविवाह

२०८० मंसिर सम्म वालमैत्री नगर घोषणाका लागि यस हेटौंडा उपमहनगरपालिकाले नियुक्त गरेको वडा सहजकर्ता तथा सम्पर्क व्यक्तिको सकृयतामा हेटौंडा उपमहानगरको १४ र १७ नं. वडामा फागुन १० गते हुन लागेको बालविवाह रोकिएको छ ।

१८ बर्ष भन्दा मुनिका बालबालिकाको विवाहका लागि दुवै पक्ष तयारी अवस्थामा रहेको जानकारी पाएपछि कानुनी आधारमा विवाह गर्नका लागि नमिल्ने भनि जानकारी गराउँदै बालविवाह रोकिएको यस कार्यालयको महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिनु भएको छ । वालमैत्री उपमहानगर घोषणाको तयारीका क्रममा बिभिन्न होटल तथा व्यवसायीक क्षेत्रमा प्रयोग भएका ७ जना वालबालिकालाई पुनर्स्थापनाको काम गरेको महशाखाले जनाएको छ ।