FAQs Complain Problems

वडा कार्यालयद्धारा किसानलाई उपकरण हस्तान्तरण

यस हेटौंडा उपमहानगरपालिका ३ नं. वडा कार्यालयले गाउँमा रहेका कृषक समुहलाई व्यवसायीक कृषि तर्फ आक्रषण गर्न उपकरणहरु हस्तान्तरण गरेको छ ।

कार्यालयले वडामा रहेका ५ वटा कृषक समुहलाई हाते ट्रयाक्टर र घाास काट्ने मेसिन हस्तान्तरण गरेको हो । ३ नम्बर वडा कार्यालयको अगुवाईमा गठन गरीएको कृषक समुहलाई यस हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख श्री मीनाकुमारी लामा र उपप्रमुख श्री राजेश बानियााले हाते ट्रयाक्टर र घाास काट्ने मेसिन हस्तान्तरण गर्नुभएको हो ।