हेटौंडा उपमहानगरपालिकाले पहिलो चरणमा हाल सम्म ३ हजार १ सय १८ परिवारलाई राहत वितरण गरिएको छ । कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेपछी हेटौंडाका दैनिक ज्यालादारी गर्ने परिवारलाई दैनिक छाक टार्न समस्या नहोस भनेर उपमहानगरपालिका र विभीन्न संघसंथाको सहयोग एबं सहकार्यमा हाल सम्म वडा नम्बर १,३,४,६,७,९,१०,११,१३,१४,१६,१७,१८ र १९ गरि जम्मा १४ वटा वडाहरुमा राहत वितरण गरिएको गरिएको छ भने दोस्रो चरणमा दैनिक ज्यालादारी गर्ने मजदरलाई राहतका लागि अति बिपन्न र दैनिक ज्याला मजदुरि गरि घर चलाउने हरुलाई १५ केजि चामल, २ केजि दाल, २ लिटर तेल, १ पाकेट नुन १ नुहाउने साबुन ४ वटा वितरण गर्न ९० हजार केजि चामल, १२ हजार केजि मसुरोको दाल, ६ हजार केजि नुन, १२ हजार लि। सुर्यमुखी तेल २४ हजार थान साबुन खरिद गर्ने प्रकृया टुंगिइको र भोलि बाट सामान नगरपालिकाको प्राङ्गणमा ढुवानि सुरु हुने छ।