FAQs Complain Problems

युनानले निर्माण गरेको पार्क हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण

छिमेकी राष्ट्र चिनको युनान प्रदेशले भगिनी सम्बन्ध स्थापित गर्न निर्माण गरेको मैत्री पार्क हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिका – ८ मा निर्माण गरेको मैत्री पार्क युनान कर्मरशिलय रिप्रीजेन्टिभ कार्यालय नेपालका प्रमुख याङ चिन पिंगले हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख श्री मिनाकुमारी लामा ज्यूलाई हस्तान्तरण गर्नु भएको हो ।

हेटौंडा औंधोगिक क्षेत्र भित्र रहेको खेलमैदानको पुर्वदक्षिण भागमा निर्माण कार्य सम्पन्न भएको हो । करिब २ महिना मा निर्माण कार्य सम्पन्न भएको पार्कमा दैनिक व्यायमका लागि आवश्यक सामग्रीहरु रहेको छ । पार्कमा खेल समयका क्रममा थकान महशुस भएमा बस्ने ठाउँको व्यवस्था सहित सुन्दर ग्रिनरीको व्यवस्था गरिएको छ ।

पार्क हस्तान्तरणमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख ज्यूले छिमेकी राष्ट्रको युनान प्रदेश र हेटौंडा बिचको सम्बन्धलाई दिगो राख्न यस्ता कामले महत्वपुर्ण भुमिका खेल्नुका साथै यस्ता आपसी सम्बन्धको  विकासले भाईचारा प्रगाढ बनाउने बताउनु भयो । पार्क हस्तान्तरणमा हेटौंडा-९ का वडा अध्यक्ष श्री सुकराम केसी, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शिवराज चौलागाई, नेपाल-चिन कार्यकारी परिषद्का महासचिव श्री राजेन्द्र नकर्मी लगाएतको उपस्थिती रहेको थियो ।