FAQs Complain Problems

महिलाका लागि १५ दिने सवारी प्रशिक्षण सुरु

महिलाहरुको आर्य आर्जनमा टेवा पुर्‍याउने उद्देश्य सहित हेटौंडा उपमहानगरपालिकाले १५ दिने सवारी प्रशिक्षण सुरु गरेको छ। आय आर्जनका लागि महिला लक्षित कार्यक्रम अन्तरगत उपमहानगरले हेटौंडा-११ मा रहेको पोयोनिर मल्टिपर्पस ड्राइभिङ सेन्टरमा ४ चक्के सवारी साधनको प्रशिक्षण सञ्चालन गरेको हो ।

प्रशिक्षणमा उपमहानगरपालिका क्षेत्रका सबै वडाहरुबाट महिलाहरु सहभागी रहेका छन्। प्रशिक्षणको हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख श्री मीना कुमारी लामाज्यूले उद्घाटन गर्नु भएको थियो। हेटौंडा ११ का वडा अध्यक्ष  श्री जुना दाहालज्यूको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरको सामाजिक विकास महाशाखा प्रमुख श्री भीमप्रसाद तिमल्सिनाज्यूको आतिथ्यता रहेको थियो ।