FAQs Complain Problems

बृक्ष रोपण कार्यक्रम सम्पन्न

आज मिति २०७४।०२।२१ गते यस हेटौंडा उपमहानगरपालिकाको कार्यालयले बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। “प्रकृति संग हाम्रो सम्बन्ध रहिरहोस अन्नत” भन्ने नाराका साथ ४५औं विश्ववातावरण दिवसको उपलक्षमा यस हे.उ.म.न.पा.को वडा नं २ को हरिकुञज टोल विकास संस्था सहयोगमा हरिकुञज रोडको पेटिमा बिभिन्न प्रजातिका बिरुवाहरू सार्ने काम सम्पन्न भएको छ।कार्याक्रममा नवनिर्वाचित नगर प्रमुख हरिबाहादुर महतले धुपीको बृक्ष रोपण गरि उद्घाटन गर्नु भएको थियो भने , नगरपालिकाको कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डे, बिभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्य, शहरि विकास अनुसंधान तथा वातावरण महाशाखा प्रमुख वि.के. महर्जन, टोलविकास समन्वय समितिका अध्यक्ष, एवं अन्य पदाधिकारी, साथै उपस्थित सरोकारवालाहरुले बृक्ष रोपण गर्ने भएको थियो।