FAQs Complain Problems

बाल मैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखीकरण

आज मिति २०७४/०३/१७ गते यस हेटौंडा उपमहानगरपालिका, नगरकार्यपालिका कार्यपालिका कार्यालयले २ दिने नव निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई बाल मैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखीकरण सुरु गरेको छ। कार्यक्रममा राष्ट्रिय प्रशिक्षक बिष्णु प्रसाद चौबे ले बाल मैत्री शासन, बालबालिकाको लागि नितीगत ब्यबस्था, बालमैत्री शासनको सूचकहरू, प्रोफाइल लगानी, बालकोष ब्यबस्थापना लगायतका बिषयमा पहिलो दिनको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय, जिल्ला शिक्षा कार्यालय, बालकल्याण समाज एवं अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो।