FAQs Complain Problems

बालमैत्री पालिका घोषणाको तयारी तिब्र !!

चालु आर्थिक बर्षमा यस हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणाको तयारीलाई तिब्र पारिएको छ । वडा तहमा सहजकर्ता खटाएर बालमैत्री वडासँगै सिंगो पालिकालाई व्यवस्थित ढंगबाट बालमैत्री उपमहानगर घोषणा तयारीलाई तिब्रता दिइएको छ । यस उपमहानगरपालिकाले नियुक्त गरेको वडा सहजकर्ता मार्फत भएको कामको अनुगमन र नियमनको पाटोलाई अघि बढाउँदै अहिले वडातहको अनुगमन थालिएको छ ।

नगर उपप्रमुख राजेश बानियाज्यूको नेतृत्वमा वडाहरुमा भएका काम, निर्माण भएको बाल सञ्जालसँगको छलफल, बिद्यालयहरुको अनुगमन गर्ने काम भैरहेको छ। उपमहानगरपालिकाको आयोजनामा बालमैत्री स्थानीय शासनका सुचक मापनयोग्य सरलीकरण कार्यशाला गरिएको छ । कार्यशालामा नगर उपप्रमुखज्यू, बिभिन्न वडाका अध्यक्षज्यूहरु, नगरका बिभिन्न बिद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका पदाधिकारी, वडा कार्यालयका सचिबहरु र उपमहानगरका बिभिन्न महाशाखाका प्रमुखहरुको सहभागिता थियो । बालमैत्री पालिका घोषणाको तयारी अनुसार ७, ८ र ९ नम्बर वडाको अनुगमन थालिएको छ । 

अनुगमनमा वडाका जनप्रतिनिधी, महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, सम्पर्क व्यक्ती शान्ति बिश्वर्मा, बालमैत्री स्थानिय शासनका श्रोत व्यक्ती बिष्णुप्रसाद चौवे सहित नगर र वडाका सहजकर्ता सहभागि छन् । वडा तहबाट कार्यक्रम कार्यान्वयनका लागि सुचक अवस्था मापन तथा बालवालिकाका लागि आवधिक लगानी योजना निर्माणबारे छलफल गर्दै बालमैत्री स्थानिय शासनलाई कार्यान्वयनको चरणमा लैजान लागिएको छ ।