FAQs Complain Problems

बसोबासको रोजाइ बन्दै हेटौँडा

हेटौँडा– पछिल्लो केही वर्ष यता हेटौँडालाई बसोबासका लागि उपयुक्त ठानेर बसाइँसराइ आउनेको संख्या बढ्दै गएको छ । सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको तथ्यांक अनुसार उपमहानगरपालिका भित्र विभिन्न जिल्लाबाट बसाइँसराइ आउनेको वृद्धि देखिएको हो ।

पञ्जीकरण शाखाको तथ्यांक अनुसार २०७९/०८० मा बसाइँसराइ आउनेको संख्या १ हजार ८२४, २०८०/०८१ मा ९५९, २०८१/०८२ मा ८१९ र चालु आर्थिक वर्ष २०८२/०८३ को बैशाखसम्म ५९३ परिवार बसाइँसराइ हेटौँडा आएका छन् ।

त्यस्तै शाखाका अनुसार २०७९/०८० मा ५६६, २०८०/०८१ मा ५८६, २०८१/०८२ मा ४८० र चालु आर्थिक वर्ष २०८२/०८३ को बैशाखसम्म ३५३ परिवार बसाइँ सराइ अन्यत्र गएका छन् ।

शाखाका अनुसार तराईका बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी जिल्लाबाट हेटौँडालाई बसाइँको गन्तव्य बनाएर आउनेहरूको संख्या बढी मात्रामा देखिएको छ । हेटौँडामा बसोबासका लागि आउनेहरूले बढी जसो उपमहानगरका ४, ५, ७, ८ नम्बर वडालाई गन्तव्य बनाउने गरेको शाखाको तथ्यांकले देखाएको छ ।

रोजगारी, व्यावसायिक गतिविधि, सङ्घीय राजधानी काठमाडौंसँगको सहज पहुँच, शिक्षा र स्वास्थ्यको राम्रो सम्भावना भएका कारण हेटौँडालाई बसोबासका लागि उपयुक्त स्थान बनाउँदै आउनेको संख्या बढेको छ ।

हेटौँडा तराई र पहाडको बीचमा रहेको कारण मौसम र भू–स्थिति