FAQs Complain Problems

बसामाडीमा बित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बैदेशीक रोजगारीका शिलसिलामा खाडी मुलुकमा रहेका परिवारलाई लक्षित गर्दै यस हेटौंडा उपमहानगरपालिकाको ४ ठाउँमा बित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ ।

यस हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा हेटौंडा–३ को बसामाडी र लेवट १२ को सिग्रेनी सहित १४ नम्बरको एक/एक वटा समुहमा कार्यक्रम सञ्चालन भइरहेको छ। कार्यक्रमले मुलुक छोडेर रोजगारीका लागि बिदेशिएकाको परिवारलाई कसरी आर्थिक मितव्ययी बनाउँन सकिन्छ, परिवारमा कसरी बस्नुपर्छ भन्ने बारेमा सहजिकरण गरेको छ।

परामर्श कक्षामा बाह्‍य मुलुकमा रहरे कमाएको पैसालाई बचत गर्दै भविष्य सुरक्षित पार्ने, रोजगारीमा गएका व्यक्ती सम्पर्कमा नआए वा समस्यामा परे कहाँ सम्पर्क गर्ने,  बैदेशीक रोजगारीमा रहेका व्यक्तीले प्रयोग गरेका काजगपत्रलाई सुरक्षित राख्ने, पारिवारिक वातावरण कसरी बनाउँने, दिगो आर्यआर्जनमा लाग्ने, बिमाले पुर्‍याउने फाइदा लगाएतको विषयमा जानकारी गराउने छ ।