FAQs Complain Problems

नगर प्रमुख सहितकोटोलि द्वारा  गौरिटार आईसोलेसनको अनुगमन

 

नगर प्रमुख सहितकोटोलि द्वारा  गौरिटार आईसोलेसनको अनुगमन

 आज मिति २०७८/०२/०१ गते यस हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य स्वास्थकर्मि सहितले गौरिटार आईसोलेसनको अनुगमन सम्पन्न गरेको छ।अनुगमनकको क्रममा नगर प्रमुखले सबै कोभिडका बिरामिहरूसित स्वास्थ्य सुबिधाको अबस्था, खाना तथा खाजाको अबस्था लगायत अन्य छलफल गर्नुभयो।

कोराना(कोभिड -१९)को दोश्रो भेरियन्ट सुरु भए पश्चात् हेटौंडा उपमहानगरपालिकाद्वारा संचालित गौरिटर आइसोलेसन बाट हाल सम्म ७३ जनाले सेवा लिई सक्नुभएको छ जस मध्य ३० जना डिस्चार्ज भई घर जानु भयो,३२ जना हाल सेवा लिईरहनु भएको छ भने ११ जनालाई हेटौंडा अस्पतालमा रिफर गरिएकोछ।हाल गौरिटार आईसोलेसनमा ईन्टरनेट सुबिधा, टिभि, २ समय खाना, २ समय खाजा,कपडा धुने मेसिन, फ्रिज लगायत बिभिन्न भौतिक सुबिध सहित २ जना नर्स, २जना पारामेडिकल स्टाफ, एम.डि. डक्टर १ जना सहित एउटा एम्बुलेन्स २४ घन्टाकको लागि व्यबस्था गरिएकोछ।