FAQs Complain Problems

नगर प्रमुखको प्रमुख आतिथ्यमा किसानहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न ।

हेटौंडामा दुग्ध उत्पादन गर्ने किसानलाई पुरस्कृत गरीएको छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको सातौं स्थापना दिवस पारेर हेटौंडा उपमहानगरपालिका ७ का किसानलाई पुरस्कृत गरीएको हो ।

पुरस्कृत भएका सिलवालले दैनिक ७५, बस्नेतले ४५ रेग्मीले ३५ र खड्काले ३० लिटर दुग्ध सहकारीमा बिक्रीको लागि ल्याउने गरेको सहकारीका व्यवस्थापक बस्नेतले जानकारी दिए । उनीहरुलाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी मिनाकुमारी लामाले पुरस्कृत गरेकी हुन् । कार्यक्रममा पुरस्कृत भएका किसानलाई पशुका लागि आवश्यक क्यालसियम, नाम्ले जुकाको औषधी, भिटामिन, खनिज मिश्रण औषधी र लेभटोनीक सहितका आवश्यक औषधि प्रमुख अतिथी लामाले वितरण गर्नु भएको थियो  । संघले वडामा सहकारीमा आवद्ध किसानका लागि घरदैलो अभियान गरी ७० जना किसानलाई औषधी बितरण गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी लामाले दिगो आर्यआर्जनको बाटो पहिलल्याएकोमा खुसी व्यक्त गरीन् । उनले कृषि क्षेत्रको बिकासवाटै समाज अघि बढ्ने भन्दै पशु बिमाको क्षेत्रमा उपमहानगरले सहयोग गर्ने बताइन् । नगरप्रमुख लामाले पशु बिमाको लागि सरकारले दिने ८० प्रतिशत सहुलियतमा बाँकि रहेको २० प्रतिशत उपमहानगरले व्यहोर्ने तयारी गरिएको बताइन् । प्राविधिक संघ मकवानपुरका अध्यक्ष पुरुषोतम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ७ का अध्यक्ष दामोदर गौतम, संघका केन्द्रीय सदस्य कृष्णप्रसाद भट्टराई, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डाक्टर बव्लु ठाकुर, जनप्रिय प्राविधिक शिक्षालयका मोतीहुर रहमान सहित विभिन्न औषधी कम्पनीका बजार प्रतिनिधीको आतिथ्यता रहेको थियो ।