FAQs Complain Problems

नकौंली स्वास्थ्य चौँकिमा नगर प्रमुखको अनुगमन ।

स्वास्थ्य चौंकिमा नियमित स्वास्थ्य जाँच गरीरहेका हेटौंडा–१ नकौंलीका गर्भवती महिलाहरुलाई भेट्न तथा अनुगमनका लागि हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख स्वयम मिनाकुमारी लामा गाउँ सम्म पुग्नु भएको छ ।

स्वास्थ्य चौंकीमा पुगेर नियमित गर्भ जाँचमा रहेका १३ जना गर्भवतीलाई भेट्दै नगर प्रमुख ज्यूले गर्भवती अवस्थामा ख्याल गर्नुपर्ने कुराको बारेमा जानकारी दिदै आफु र आफ्नो बच्चाको ख्याल गर्न आग्रह गर्नुका साथै गाउँमा भेट भएका गर्भवतीलाई पोषयुक्त खानेकुरा ध्यू, काचो बदाम, अण्डा, दाल सहित न्यानो कपडा हस्तान्तरण गर्नु भयो। सामग्री हस्तान्तर गर्दै नगर प्रमुख लामाले आफुले भोगेका अनुभव साट्दै सबैलाई सचेत रहँदै नियमित स्वास्थ्य जाँच गर्दै आफु र आफ्नो बच्चाको सुरक्षाको लागि स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माउन समेत सबैलाई आग्रह गर्नु भयो।

सामग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा– १ का वडा अध्यक्ष सविन न्यौपाने, कार्यपालिका सदस्य इश्वरी रसाईली, वडा सदस्य मनु दाहाल, कार्यालयको तर्फबाट जन स्वास्थ्य अधिकृत भोला चौलागाईको उपस्थिती रहेको थियो ।