FAQs Complain Problems

तेस्रो नगर सभा सुरु

आज मिति २०७५/०३/१० गते यस हेटौडा उपमहानगरपालिकाले  तेस्रो नगर सभा मार्फत आगामि आ.व २०७५/७६ को वार्षिक बजेट नीति तथा कार्यक्रम न प्रस्तुत गरेको छ।नगर प्रमुख श्री हरि बहादुर महत ज्युको अध्यक्षतामा भएको नगर सभामा उप प्रमुख श्री मिना लामाज्युले ५५ पृष्ठ को बार्षिक बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो।प्रस्तुति कारणमा शहरी पूर्वाधार बिकास तथा भौतिक संरचना निर्माण नीत, आर्थिक तथा सामाजिक बिकास नीति, वातावरण, स्वास्थ्य र सरसफाई नीतिसुशासन तथा संस्थागत सुधार नीति लयायत समग्र नगर को समृध्द हेटौडा, सुखी नगरवासी बनाउने दिर्धकालिन उदेश्य सहित कुल जम्मा रु १,६३,०४,५७,०००।०० को कार्यक्रम पेश भएको छ।कार्यक्रम मा कोहि सभा सदस्यहरुले सकारात्मक प्रतिकृया व्यक्त गर्नु भएको छ। अर्को सूचना नआएसम्मको लागि सभा स्थगन भएको जानकारी सभाध्यक्षले गर्नु भएको छ।