FAQs Complain Problems

तालिम समापनसँगै उद्यमिलाई प्रबिधि हस्तान्तरण

नियमित आय आर्जनमा महिलाहरुलाई जोड्नका लागि यस हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको गरिवी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रमको समिक्षा सहित सीप बिकास तालिमाको समापन भएको छ।

मेड्पा कार्यक्रम अन्तर्गत चालु आर्थिक बर्ष २०७९/०८० मा बिभिन्न क्षेत्रमा सञ्चालन भएको सिलाई कटाइका बेसिक तथा एड्भान्स कोर्समा सहभागिलाई मंगलबार हेटौंडा उपहानगरपालिकाका नगर प्रमुख र उपप्रमुखद्वारा प्रमाणपत्र हस्तान्तरण गरिएको छ। साथै तालिममा सहभागिलाई सिलाई मेसिन हस्तान्तण गरिएको छ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमले बर्षमा १९० जना महिलाहरुलाई रोजगारीको अवसर दिने गरी यस उपमहानगरपालिकाको कार्यालयमा काम भैरहेको छ । तालिममा सहभागिले आफुले सिकाइका क्रममा उत्पादन गरेका सामग्री प्रदर्शनका लागि कार्यक्रममा ल्याएका थिए । कार्यक्रममा आर्थिक बिकास महाशाखा प्रमुख राजेश्वरी शाही,  उद्योग तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलको आतिथ्यता रहेको थियो ।