FAQs Complain Problems

डेङ्गु नियन्त्रण गर्न हेटौंडाका दुईवडामा “स्प्रे”

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेङ्गो रोग संक्रमण बढ्दै गएपछि स्प्रे गर्न थालिएको हो । उपमहानगरको ४ र ५ नम्बर वडा क्षेत्रमा रहेका बासिन्दामा डेङ्गुको संक्रमण बढ्दै गएपछि उपमहानगरले स्प्रे गर्न थालिएको हो ।

हेटौंडा उपमहानगरपालिकाका आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्थ अधिकृत भोला चौलागाईका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जिवाणु नष्ट गर्ने गरी “डाइथाल कार्वसेट” पानीमा मिसाएर छिट्न थालिएको बताउनु भयो । संक्रमणलाई फैलन नदिनका लागि जनस्तरमा मट्टीतेलको प्रयोग गरी लार्भा नष्ट गर्न सचेतना सँगै बढि जोखिम रहेको क्षेत्रमा उपमहानगरपालिकाले स्प्रे गर्न थालेको वहाँले जानकारी गराउनु भयो । अहिले हेटौंडा ४ को कमलडाँडा क्षेत्र र मेनरोडमा स्प्रे गर्ने कार्य नगरप्रहरीको मद्दतबाट भैरहेको बताउनु भयो ।

संक्रमण फैलिएका वडाको जोखिम पुर्ण क्षेत्रको पहिचान गरी आवश्यकता अनुसार संक्रमण नियन्त्रणको अभियान सञ्चालन गरीने जनस्वास्थ्य अधिकृत चौलागाइले बताउनु भयो । कोरोना संक्रमणका बिरामीको दर बढ्दै गएसँगै नगरमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका बिरामीको संख्या पनि बढ्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।असारको अन्तिमबाट सुरु भएको संक्रमणको दर बिस्तारै बढ्दै गएको र अहिले सम्म ४३ जनामा संक्रमण देखिएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनु भयो ।

जिल्लाको १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रमा पर्ने ४ र ५ मा बढी मात्रामा बिरामीहरु देखिएको कार्यालयले जनाएको छ । अन्य स्थानीय तहमा केही संख्यामा डेङ्गु संक्रमित देखिए पनि नगर भित्रै देखिनुले समस्या भएको कार्यालयलले जनाएको छ । बिस्तारै बिरामिको संख्या बढ्दै जानुले सर्तकता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताइएको छ । संक्रमितहरुको हेटौँडा अस्पतालमा उपचार भैरहेको कार्यालयले जनाएको छ ।