FAQs Complain Problems

कृषिको बिकसमा बजेट छुट्याएरै काम गर्छौ नगर प्रमुख लामा ।

कृषिको बिकसमा बजेट छुट्याएरै काम गर्छौ नगर प्रमुख लामा ।

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले कृषक र कृषिको विकासका लागि बजेटै छुट्याएर काम गर्ने बताउनु भयो ।  १९ औं धान दिवसमा हेटौंडा उपमहानगरको ११ को राप्ती सिंचाई र १७ को गुवाबारीमा आयोजित कार्यक्रममा कृषि क्षेत्रको विकास र प्रवर्द्धनमा उपमहानगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

वहाँले कृषि, पशुपालन र अन्य खेतीका लागि विशेष योजना नै बनाएर काम गर्ने तयारीमा उपमहानगरपालिका रहेको समेत जानकारी गराउनु भयो। अहिले सम्म वास्तविक किसानलाई सरकारले भेट्न नसकेको अवस्थामा हाम वास्तविक किसानको मै पुगेर काम गर्ने तयारीमा रहेको बताउनु भयो।

कार्यक्रममा उपमहानगरपालिकाका उप-प्रमुख राजेश बानियाँले "मानो रोपेर मुरी उव्जाउने" पेशामा रहेका सम्पुर्ण किसानलाई धान दिवसको शुभकामना दिनु भयो भने उप-प्रमुख बानियाँले हामि उपमहानगरपालिकालाई सबै हिसाबले अव्बल बनाउने अभियानमा रहेकाले सबैको सहयोग आवश्यक रहेको बतानु भो । कृषि कर्ममा रहेका सम्पुर्ण किसानलाई समेटे आगामि आर्थिक वर्षबाट उल्लेखनीय काम गर्ने बताउनु भयो ।