FAQs Complain Problems

कम्प्युटर डिप्लोमा तालिम समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम

यस हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा वडा नं. १६ र १७ मा दैनिक जिविको पार्जनका लागि समस्यामा पर्दै आएका परिवारका बेसिक कम्प्युटर शिक्षा लिइसकेका बालवालिकाका लागि हेटौंडामा निःशुल्क डिप्लोमा कम्प्युटर शिक्षा प्रदान गरीएको छ। छ महिने डिप्लोमा शिक्षा सकेका १६ र १७ का बालबालिकालाई हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाज्यूले प्रमाण पत्र हस्तान्तरण गर्दै उज्जवल भविष्यको शुभकामना दिनु भएको छ।