FAQs Complain Problems

उपमहानगर स्तरीय हाजिरीजवाफमा बालजाग्रिती प्रथम

उपमहानगर स्तरीय हाजिरीजवाफमा बालजाग्रिती प्रथम

हेटौंडा– हेटौंडामा भएको उपमहानगर स्तरीय हाजिरीजवाफ प्रतियोगितामा बालजाग्रिती इङ्गलिस बोर्डिङ स्कुल प्रथम भएको छ । हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले आयोजना भएको प्रतियोगितामा उपमहानगरका विभिन्न ५८ विद्यालयलाई उछिन्नुका साथै छनौंटमा परेका १० विद्यालयलाई पछि पार्दै बालजाग्रितिले प्रथम पुरस्कार हात परेको हो ।

हेटौंडा स्थित सिद्धार्थ माबिको हलमा भएको प्रतियोगितामा बिजयी बन्दै बालजाग्रितिका युनिक ढुङगेल, देविना सञ्जेल र प्रशिद्ध तिमल्सिनाले नगर ५/५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र हात परेका थिए । प्रतियोगितामा बालजाग्रितिले ९० अंक प्राप्त गरेको थियो ।

प्रतियोगितामा आधुनिक माध्यमिक बिद्यालय द्धितिय भएको थियो । आधुनिकका अनिश अधिकारी, बिशाल पटेल र आकृती मिश्रले नगर ३/३ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका थिए । खेलमा आधुनिकले ८० अंक प्राप्त गरेको थियो ।

प्रतियोगितामा ब्रम्हदिक इङगलिस बोर्डिङ स्कुल तृतिय भएको थियो । ब्रम्हदिकका दिव्यान्स शाही, आभाष घिमिरे र कृष्ण लौडारीले नगद २/२ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र हात परेका थिए । खेलमा ब्रम्हदिकले ४५ अंक प्राप्त गरेको थियो । त्यस्तै प्रतियोगिताको सन्त्वना उपाधि बंशगोपाल माविले हात पारेको छ । बिद्यालयका जेनिशा कार्कि किरण खड्का र सरोज सापकोटाले नगद १/१ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारे । खेलमा बिद्यालयले ३५ अंक प्राप्त गरेको थियो ।