FAQs Complain Problems

उपमहानगरपालिका र खानेपानी बोर्ड विच सम्झौता

हेटौंडा उपमहानगरपालिका भित्र रहेका नगरवासीलाई निः शुल्क पानी खुवाउनका लागि हेटौंडा उपमहानगरपालिका र  खानेपानी व्यवस्थापन बोर्ड बिच सम्झौता भएको छ ।

साउन १६ गते बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरभित्र रहि हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धारा जोडेका 23500 घरधुरीहरुलाई १० हजार लिटर सम्म निःशुल्क खानेपानी खुवाउने निर्णय कार्यान्वयनमा गएको छ ।

आइतबार भएको सम्झौता अनुसार बोर्ड मार्फत बितरण भएको पानीको धारा जोडेका नगरवासी, समुदायीक बिद्यालय र क्याम्पसले खानेपानी प्रयोग वातव शुल्क तिर्न नपर्ने भएको छ । सम्झौता अनुसार नगरक्षेत्रमा रहेर नियमित खानेपानी प्रयोग गरीरहेका नगरवासीले प्रति १० हजार लिटर बराबर ८५, सामुदायीक विद्यालयलाई अनमिटर प्रतिधारा ७ सय, सामुदायीक क्याम्पसलाई प्रतिधारा अनमिटर १५ सय र शहरी सवास्थ्य केन्द्रलाई अनमिटर प्रतिधारा ७ सय रुपियाँ उपमहानगरले खानेपानी व्यवस्थापन बोर्डलाई तिर्ने सहमति भएको छ ।

सहमति अनुसार खानेपानिको बिलिङ भएको महिनाको १० गते भित्र महशुल रकम बुझाउनु पर्ने उल्लेख छ । सहमति पत्रमा हेटौंडा उपमहानगरपालिकाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवराज चौलागाई, प्रशाशन महाशाखा प्रमुख रामकृष्ण थापा तथा खानेपानी व्यवस्थापन बोर्डबाट निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकाल र लेखापाल संजयकुमार न्यौपानेले हस्ताक्षर गरेका हुन् । उपमहानगरपालिका भित्र रहेका करिब ४० सामुदायीक विद्यालय र २ वटा सामुदायीक क्याक्पस रहेको अवस्था छ ।