FAQs Complain Problems

उच्च अंक ल्याउने बिद्यार्थीलाई सम्मान

बिभिन्न संकायमा अध्ययन गरी उच्च अंक सहित नेपाल टप हुने बिद्यार्थीलाई यस हेटौंडा उपमहानगरपालिकाले सम्मान गरेको छ । बिद्यार्थीलाई अध्यापनका लागि प्रेरणा मिलोस भन्ने उद्देश्य सहित उपमहानगरले नगद सहित प्रशंसा पत्र प्रदान गर्दै सोमबार सम्मान गरेको हो ।

यस हेटौंडा उपमहानगरपालिकका नगर प्रमुख श्री मिना कुमारी लामा र उपप्रमुख श्री राजेश बानियााले २०७९ सालको एइइ परिक्षामा हेटौंडा-७ को तासिर ईङ्गिस बोर्डिङ स्कुलबाट सहभागी बनेकी डाफिन राइका, मकवानपुर बहुमुखि क्याम्पसबाट बिबिए सातौं सेमष्टरमा सहभागी हेटौंडा-९ की सृष्टी महर्जन र मकवानपुर क्याम्पसबाटै २०७८ सालको बिबिएसमा सहभागी हेटौंडा-६ का प्रकाश गौतमलाई सम्मान गर्नुभएको हो।

एसइइमा सहभागी डाफिनले ४ जिपीए, बिबिएम सातौं सेमेष्टरमा सहभागी सृष्टीले र बिबिएसमा सहभागि प्रकाशले सामुदायिक क्याम्पस तर्फ नेपाल टप गरेका थिए । सम्मान गर्दै नगर प्रमुख श्री मीनाकुमारी लामाले आर्थिक अभाबका कारण कसैले पनि पढ्न नपाउने वातावरण नगरले नबनाउँने बताउनुभयो। उहाँले नगरको शैक्षिक अवस्था सुधारका लागि उपमहानगरपालिकाले काम गरीरहेको बताउनुभयो। शैक्षिक सुधारमा सामुदायिक क्याम्पस र बिद्यार्थिले गरेको मेहनतको प्रशंसा गर्दै उच्च अंक ल्याउने सबैलाई बधाई दिनु भयो।

कार्यक्रममा उप प्रमुख बानियााले शिक्षामा उज्वल भविष्य बोकेका बिदार्थीको अध्यापनमा उपमहानगरले कुनै कसर बााकिँ नराख्ने बताउनुभयो। शैक्षिक गुणस्तर राम्रा भएका बिद्यार्थिलाई नेपालमै टिकाउनका लागि ठोस कार्यक्रम आवश्यक भएको बताउनुभयो। सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, उपमहानगरका बिज्ञ सल्लाहकार कृष्ण धिताल, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, तासिर इ·लिस बोर्डिङका प्रिन्सिपल बिनोद थपलियाको आतिथ्यता रहेको थियो ।