FAQs Complain Problems

आवधिक योजनामा सुझाव संकलनका लागि QR Code सार्वजनिक

यस हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०।८१ देखि २०८४।८५ सम्म ५ (पाँच) वर्षका लागि आवधिक योजना निर्माणको क्रममा रहेको छ। सोही अनुरूप यस उपमहानगरपालिकाले खानेपानी, सडक, ढल लगायत पूर्वाधार विकास, लक्षित वर्गका कार्यक्रम (महिला, अपाङ्गता, दलित, जनजाती, ज्येष्ठ नागरिक, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, एकल महिला), कृषि तथा पशु विकास, शिक्षा विकास, जनस्वास्थ, फोहर मैला व्यवस्थापन लगायतका १७ वटा क्षेत्रहरुमा नगरबासीहरूको सुझाव संकलनका लागि QR Code तयार गरी सार्वजनिक गरेको छ। उक्त QR Code स्क्यान गरी यस नगरको वृहत्तर विकासमा योगदान पुग्न सक्ने योजना तथा कार्यक्रमहरु सुझाव मार्फत पेश गर्न नागरिक माझ आह्‍वान समेत गरेको छ।