FAQs Complain Problems

आगामी सालको मंसिर सम्म वालमैत्री घोषणा गर्ने

 

हेटौंडा उपमहानगरपालिकालाई आगामि वर्ष २०८० को मंसिर सम्म वालमैत्री घोषणा गर्ने निर्णय आइतबार हेटौंडामा आयोजित अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख श्री मिनाकुमारी लामा ज्यूले आगामि वर्षको मंसिर महिना सम्ममा नगरलाई वालमैत्री उपमहानगरपालिका घोषणा गर्ने प्रतिबद्धता गर्नु भएको छ । कार्यक्रममा नगरप्रमुख लामा सहित सहभागिहरुले उपमहानगरलाई वालमैत्री स्थानिय शासन नीतिगत कार्यान्वयनका लागि अवलम्बन तथा घोषणाको लागि सामुहिक प्रतिवद्धता समेत जनाउनु भयो ।

बालमैत्री घोषणा गर्ने तयारीका लागि हेटौंडा उपमहानगरपालिका नगर प्रमुखको संयोजकत्वमा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई नगरका सम्पुर्ण वडाका अध्यक्षहरु, उपमहानगरपालिका शिक्षा, स्वास्थ्य, सामाजिक विकास महाशाखा, बिषयगत संघसंस्था, बिद्यालयका प्रधानाध्यापकहरु सम्मिलित समिति निर्माण भएको समितिका सदस्य सचिव तथा उपमहानगरपालिकाका महिला तथा वालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिनु भएको छ ।