FAQs Complain Problems

आगामी योजना बनाउँन वडाहरुमा पुग्दै उपमहानगर

जनताबाटै सुझाब अनुसार नगरको विकासलाई अघि बढाउने उद्देश्य अनुरुप हेटौंडा उपमहानगरपालिकाले वडा स्तरबाटै योजना बनाउँन सुरु गरेको छ। आगामी आर्थिक बर्ष २०८१/०८२ मा हुने कामलाई नगरवासी बिच अपनत्व गराउन आवश्यक रहेको भन्दै उपमहानगर वडाहरुमा पुग्ने भएको हो ।

नगरवासीलाई आगामी योजनामा समावेश गराउनका लागि बुधबार हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडाबाट आर्थिक बर्ष २०८१/०८२ को बार्षिक योजना निर्माणका लागि सरोकारवालाहरुसँग छलफल तथा सुझाब संकलन कार्यक्रम सुरु गरेको हो।