FAQs Complain Problems

अशक्तलाई सहायक सामग्री वितरण !!

दैनिक जिवन यापनमा समस्या व्यहोर्दै आएका हेटौंडाका दुई जना शारिरीक अशक्तलाई सहायक सामग्री बितरण गरिएको छ । शुक्रबार यस उपमहानगरको बार्षिक स्वीकृत कार्यक्रम अनुसार हेटौंडा १० र ११ नं. वडाका दुई शारिरीक अशक्तलाई नगर प्रमुख मिना कुमारी लामाज्यू र उपप्रमुख राजेश बानियाँज्यूले एक/एक वटा ह्‍वील चियर वितरण गर्नु भएको छ।

यस उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा कृत्रिम खुट्टा १, ह्‍विल चियर ४, इलेक्ट्रिक ह्‍विल चियर २, पैताला र खुट्टा सिधा गर्ने ‘एपिव’ जुत्ता १ वटा हस्तातरण गरिसकेको छ ।