FAQs Complain Problems

अन्तरपालिका सञ्जाल गठनको तयारीमा उपमहानगर

जिल्लामा रहेका पालिकाहरु बिच समन्वय र सहकार्यका लागि हेटौंडा उपमहानगरपालिका अन्तरपालिका सञ्जाल गठनको तयारी गरेको छ ।

सञ्जाल गठनको तयारीका लागि सोमबार उपमहानगरमा बसेको पहिलो बैठकले कार्यविधी निमाणका लागि हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँज्यूको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यमा भिमफेदी गाउँपालिकका उपाध्यक्ष सञ्जीब श्रेष्ठज्यू र मकवानपुर गढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीज्यू रहनुभएको छ ।

हेटौंडा उपमहानगरपालिकाको १३ औं नगर सभाले जिल्लामा रहेका पालिकाहरु बिच समन्वय र सहकार्यका लागि सञ्जान गठन गर्ने निर्णय गरे अनुसार उपमहानगरले तयारी थालेको नगर प्रमुख मीनाकुमारी लामाज्यूले बताउनु भयो। उहाँले ‘पालिकाहरु विच सकार्य, समन्वय र साझा सरोकारका क्षेत्रहरुमा सहयोग गर्ने उद्देश्य सञ्जालको छ ।’ रहेको बताउनुभयो।

सञ्जाल गठनको तयारी अनुसार हेटौंडा उपमहानगरपालिकाको संयोजनमा भएको पहिलो बैठकमा थाहा नगरपालिका प्रमुख, उपप्रमुख सहित भिमफेदी, मकवानपुर गढी, बकैया, बागमती, मनहरी, कैलाश र राक्सिराङ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कार्यकारी प्रमुखहरुको सहभागिता रहेको थियो ।