FAQs Complain Problems

१५औँ नगर अधिवेशन शुरु

आज मिति २०८१ असार २ गते आईतबार हेटौँडा उपमहानगरपालिकाको १५ औँ नगर अधिवेशनमा आ.ब. २०८१/०८२ को नीति तथा कार्यक्रम र चालु आ.व.को समीक्षा सहित बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ। अधिवेशनमा नगर सभा अध्यक्ष श्री मिनाकुमारी लामाज्यूले आ.ब. २०८१/ ८२ को  नीति कार्यक्रम सम्मानित सभा समक्ष पेश गर्नुभएको थियो भने सभाका सदस्यहरुले आ-आफ्नो राय प्रक्रियासहित आ.ब. २०८१/ ८२ को नीति कार्यक्रम स्वीकृत गरेको छ। अधिवेशनमा  नगर उपप्रमुख श्री राजेश बानियाँज्यूले चालु आ.व.को समीक्षा सहित आ.ब. २०८१/ ८२ को लागि रु. २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार ५ सय को बजेट तथा कार्यक्रम सम्मानित सभामा पेश गर्नुभएको छ।

१५ औँ नगरसभामा प्रस्तुत भएका आ.व. २०८०/८१ को समीक्षा, आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम तथा आ.व. २०८१/०८२ को बजेट तथा कार्यक्रमको फाइलहरु तलको लिङ्कमा राखिएको जानकारी गराइन्छ।