हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरीमा अस्पतालको उद्घाटन भएको छ। चिकित्सक डाक्टरको सुबिधा सहित गाउँमै उपचार सेवा प्रदान गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले पालिका स्तरको अस्पतालको सुरुवात गरेको हो ।
हेटौंडा १३ र १६ मा अस्पतालको सुबिधा सहित स्थानीयलाई स्वास्थ्य सेवा दिने क्रममा शुक्रवार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख श्री मीना कुमारी लामाज्यूले अस्पतालको उद्घाटन गर्नुभएको हो। पालिकाले सञ्चालन गरेको ५ वेडको अस्पतालले पुष १७ गतेबाट चिकित्सक सहितको सुबिधा दिदैँ आएको थियो । अस्पतालले आकस्मिक सेवा सहित अन्य सामान्य उपचार सेवा दिदै आएको छ ।
अस्पतालको उद्घाटनसँगै पदमपोखरीमा निः शुल्क स्वास्थ्य शिबिर सञ्चालन गरीएको छ । शिविरमा २६६ महिला र १७१ जना पुरुष गरी ४३७ जनाले सेवा लिएको अस्पतालका सिनियर अहेब शेरबहादुर व्लोनले जानकारी दिए । शिविरमा सेवा लिन आएका मध्ये ३५० जनालाई आँखाको, १०८ जनालाई ल्याव तथा २३ जना मानसिक परामर्श सेवा प्रदान गरीएको उनले जानकारी दिए।
१३ नम्बरका वडा अध्यक्ष श्री पेम्बा लामाज्यूको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका बित्त व्यवस्थापन महाशाखा प्रमुख श्री अनिरुद्र नेपाल, सामाजिक विकास महाशाखाका प्रमुख श्री भीमप्रसाद तिमल्सिना सहित स्थानिय संघ संस्थाका प्रतिनिधी, वडा स्तरीय राजनितिक दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।