हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख श्री मिना कुमारी लामाज्यूले राष्ट्रिय भिटामिन 'ए' कार्यक्रममा हेटौंडा–११ नवलपुरको त्रिभूवन माध्यमिक बिद्यालय खोप केन्द्रमा आफै सम्लग्न रहेर ६ महिना देखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाउनु भयो।
उपमहानगर क्षेत्रका ९२ वटा केन्द्र मार्फत शुक्रबार र शनिबार दुई दिन भिटामिन 'ए' र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने छ। खोप केन्द्रहरुमा नगरक्षेत्रमा महिला स्वयम्सेविका र आमा समुहमा प्रतिनिधी संलग्न भएर कार्यक्रम सञ्चालन गरेको उपमहानर स्वास्थ्य शाखाका सिनियर अहेब केशव तिमल्सिनाले बताउनु भयो। उपमहानगरको १९ वडामा रहेका १२ हजार वालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइने छ। स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लामा ४ सय ७१ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुले १ सय १० स्वास्थ्य संस्थाको नेतृत्वमा भिटामिन 'ए' र जुकाको औषधी खुवाउनेछ ।
मकवानपुरमा भिटामिन 'ए' खाने ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरु ३५ हजार ५ सयको हाराहारीमा छ भने जुकाको औषधी खाने १ वर्षदेखि ५ वर्ष उमेरका बालबालिकाहरुको संख्या ३० हजार ८ सय ६२ रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए । उनका अनुसार घिमिरेका अनुसार हेटौंडा उपमहानगरपालिकामा ९२, मनहरीमा २१, राक्सिराङमा ३८, कैलाशमा ४२, भीमफेदीमा ५०, बागमतीमा ३२, बकैयामा ६५, मकवानपुरगढीमा ४०, इन्द्रसरोवर गाउँपालिकामा ३७ र थाहा नगरपालिकामा ५४ रजना स्वयम्सेविका परिचालन भएका छन् । सरकारले भिटामिन 'ए' खुवाउने निर्धारित समय कात्तिक २ र ३ गते तोकेपनि यस वर्ष दसैंका कारण भिटामिन 'ए' कार्यक्रम कात्तिक १७ र १८ गते सरेको हो ।